बोलेरोको बोनटमा लुकाइएको चरेससहित दुई जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
भदौ १३, २०८३

कञ्चनपुर । प्रहरीले कृष्णपुर नगरपालिका–५, गजरौला क्षेत्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ। चरेससहित बोलेरो पिकअपमा सवार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअपलाई रोकेर प्रहरीले जाँच गरेको थियो। सो क्रममा गाडीको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकले प्याक गरेर लुकाइएको अवस्थामा १३ किलो ९०५ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ।

चरेस बरामद भएपछि प्रहरीले बोलेरोका चालक बझाङको बुंगल नगरपालिका–१ का २२ वर्षीय कलक धामी र गाडीमा सवार केदारस्युँ गाउँपालिका–७ का ५० वर्षीय करन धामीलाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *