पर्सामा लुकाइएको अवस्थामा १४० किलो गाँजा फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

पर्सा : पर्साको छिपरमाई गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल मिर्जापुरको संयुक्त टोलीले विशेष सूचनाका आधारमा मिर्जापुरस्थित आँपको बगैँचाबाट १३ पोका गाँजा फेला पारेको हो।

घाँसभित्र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको उक्त गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *