|
२०८३ श्रावण १०
काठमाडौँ : प्रहरीले काठमाडौँको सुन्दरीजल क्षेत्रबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजलका ५४ वर्षीय अम्बक तामाङ रहेका छन्। उनीहरू सवार मोटरसाइकलबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरीले जानकारी दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्