काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीले रसुवासहित आसपासको सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा बिग्रिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध छ भने पृथ्वी राजमार्गको करिब १३ किलोमिटर सडक लेदोले ढाकिएको छ।
सडक खुलाउन लेदो हटाउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ। क्षतिग्रस्त पुलमा आवश्यकता हेरेर बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। भारत र चीनले पनि आवश्यक बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।सरकारसँग रहेका सातवटा बेलिब्रिजमध्ये आवश्यक स्थानमा प्रयोग गर्ने तयारी छ। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालमा जोड्ने लक्ष्यसहित वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
सडक खुलाउने काममा सरकारी र निजी क्षेत्रका गरी २० वटा उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणसँगै यातायात सेवा सञ्चालनलाई तीव्रता दिइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्