बाढीपीडितको खोजीका क्रममा भेटिएका १०२ शव पोखरा पुर्‍याइए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

कास्की — भोटेकोसी बाढीपछि बेपत्ताको खोजी गर्ने क्रममा विभिन्न जिल्लामा फेला परेका शव अहिले पोखरामा ल्याएर पहिचान र परीक्षणको काम अघि बढाइएको छ। स्थानीय तहमा आवश्यक व्यवस्थापनको सुविधा नहुँदा शवहरू पोखरा ल्याइएको हो।

प्रशासनका अनुसार पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव बिहीबार राति पोखरा ल्याइएको थियो। ती शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा व्यवस्थापन गरिएको छ।

यसैबीच तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शवको परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ। परीक्षणपछि ती शव मणिपाल शिक्षण अस्पताल पठाइएको जनाइएको छ।

पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ। परीक्षणपछि पहिचान खुलेका शवबारे सार्वजनिक रूपमा सूचना दिने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *