|
२०८३ असार १८
कास्की, असार १८ – पोखरा महानगरपालिका–३२ मजुवा स्थित पृथ्वीराजमार्गमा सार्वजनिक बसबाट ३४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको बसमा बिहीबार बिहान चेकजाँचका क्रममा स्याङ्जाका दुई यात्रुबाट झ्यालको पर्दामा लुकाइछिपाइ ल्याइएको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय शिशुवामा राखिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्