भोटेकोसी बाढीले बढायो चिन्ता, सुनसरीका १५ जनाको अवस्था अज्ञात

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौँ — भोटेकोसीमा आएको बाढीपछि रसुवा क्षेत्रमा कामका लागि पुगेका सुनसरीका १५ जनासँग सम्पर्क हुन नसक्दा परिवारमा चिन्ता बढेको छ।

प्रहरीका अनुसार रामधुनी क्षेत्रका चार जना भने आफन्तको सम्पर्कमा आइसकेका छन्। अन्य व्यक्तिहरूसँग भने अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन।

सम्पर्कविहीन हुनेहरू सुनसरीका विभिन्न स्थानीय तहका बासिन्दा हुन्। उनीहरू रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा र आसपासका क्षेत्रमा पुगेका थिए। सम्पर्कविहीन सूचीमा नेपाली सेनामा कार्यरत लेस नायक प्रभाकर दंगाल पनि रहेका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार र आवागमनमा समस्या रहेकाले उनीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सम्बन्धित निकायबाट खोजी तथा उद्धारको काम जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *