सुदूरपश्चिममा ट्राफिक कारबाही तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३

धनगढी । सुदूरपश्चिममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही तीव्र पारिएको छ। गत आर्थिक वर्षमा मात्रै ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार ती कारबाहीबाट रु तीन करोडभन्दा बढी जरिवाना असुल भएको छ। चालु आर्थिक वर्षको साउनमा मात्रै चार हजार ३८१ सवारीसाधन कारबाहीमा पर्दा रु ३७ लाख ९० हजार ५०० जरिवाना उठेको छ।

साउनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ८७ चालक पनि कारबाहीमा परेका छन्। प्रहरीले सडक सुरक्षा सुधारका लागि नियमित चेकजाँच र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *