परराष्ट्र नीतिमा युवाको भूमिका बढाउँदै सरकार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । परराष्ट्र मन्त्रालयले युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतालाई नेपालको परराष्ट्र नीति निर्माणसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको आठहप्ते समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम सम्पन्न भएको छ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत सञ्चालित कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए। सहभागी युवाले रक्षा कूटनीति, डिजिटल सुशासन, राष्ट्रिय सुरक्षा, जलवायु कूटनीति, श्रम कूटनीति, ऊर्जा, पर्यटन तथा लगानीजस्ता विषयमा अनुसन्धान गरेका थिए।

परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपाली युवाको ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई राष्ट्रिय हितमा उपयोग गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताए। कार्यक्रमले मन्त्रालयको संस्थागत अनुभव र नयाँ पुस्ताको अनुसन्धानबीच सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *