|
साउन १३, २०८३
पोखरा : पर्यटक र यात्रुलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले पोखराबाट ८ जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–६ लेकसाइड र वडा नम्बर–१७ बिरौटा क्षेत्रमा सस्तो तथा आकर्षक होटल मिलाइदिने बहानामा पर्यटकलाई हैरानी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार बिरौटाबाट ५ जना र हल्लनचोक क्षेत्रबाट ३ जनालाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्