लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

काठमाडौं । पोखराको लेकसाइडमा पर्यटकहरुलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए । साथै अनैतिक क्रियाकलाप बढ्दै गइरहेको जनगुनासो पनि आइरहेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म कारबाही चलाएको थियो ।

त्यसक्रममा १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *