|
२०८३ असार २५
काठमाडौं । सार्वजनिक सवारीमा यात्रु तानातान गर्ने र दुःख दिने गरेको आरोपमा प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट ३२ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूले बसको सिट मिलाइदिने भन्दै यात्रुलाई झोला तान्ने, दबाब दिने र दुर्व्यवहार गर्ने गरेको गुनासो आएको थियो।
प्रहरीले पक्राउ परेकाहरूको विवरण जाँच गरी थप अनुसन्धान अघि बढाउने जनाएको छ। यसअघि पनि बल्खु क्षेत्रबाट १७ जना बिचौलिया पक्राउ परेका थिए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्