इन्धन व्यवसायीको आन्दोलन, पाकिस्तानभर पेट्रोल पम्प बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

काठमाडौं — सरकारसँगको वार्ता सफल नभएपछि पाकिस्तानका पेट्रोल पम्प सञ्चालकहरूले अनिश्चितकालीन हडताल सुरु गर्ने घोषणा गरेका छन्।

अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसनले आफ्ना माग पूरा नभएसम्म देशभरका पेट्रोल पम्प बन्द राख्ने जनाएको छ। व्यवसायीहरूले डिलर कमिसन वृद्धि र पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रणालीमा परिवर्तनको माग अघि सारेका छन्।

सरकारसँग लामो समयदेखि छलफल भए पनि सहमति हुन नसकेको एसोसिएसनको भनाइ छ। नयाँ दैनिक मूल्य निर्धारण प्रणालीप्रति पनि पेट्रोल पम्प सञ्चालकहरूले असन्तुष्टि जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *