दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन फिर्ता, सरकारसँग सहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाडौं– दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ।

बालुवाटारमा भएको सरकार–महाभियान वार्तापछि आन्दोलन फिर्ता लिन सहमति भएको हो।

वार्तामा सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए। महाभियानतर्फ सचिव प्रेमदीप लिम्बु, अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपानेडा निराजन प्रसाईंले वार्तामा भाग लिए।

प्रधानमन्त्री कार्यालयका अनुसार, भोलि हुने आन्दोलन फिर्ता लिनुका साथै महाभियानसँग अर्को चरणको वार्ता यथाशीघ्र गर्ने सहमति भएको छ। वार्तामा २७ बुँदे मागहरूमा विस्तृत छलफल भएको र नागरिक सुरक्षालाई ध्यानमा राख्दै सरकारले निरन्तर छलफल र सहजीकरण गर्ने सहमति पनि भएको छ।

महाभियानले २०८२ मंसिर ७ गतेदेखि लागू हुने नेपाल बन्द र अनिश्चितकालीन आम हड्तालका कार्यक्रम घोषणा गरेको थियो। दुर्गा प्रसाईं हाल काठमाडौं जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *