लगातारको वर्षाले सडक सञ्जाल प्रभावित, यात्रु सतर्क रहन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १

काठमाडौं । देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो, हिलो र ढुङ्गा खस्ने समस्या देखिँदा यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीले जनाएअनुसार मकवानपुरको कान्तिलोकपथमा खसेको पहिरो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको छ। तर, वर्षायामको जोखिमलाई ध्यान दिँदै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेको बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक क्षेत्रमा सम्भावित बाढीको जोखिमका कारण साँझदेखि बिहानसम्म सवारी आवागमन रोकिएको छ। यस्तै, इलामको मेची राजमार्ग, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र सिन्धुपाल्चोकको अरनिको राजमार्गमा पहिरो तथा हिलोका कारण समस्या देखिएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले काम गरिरहेको र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

2 Comments

  1. Oscar4495

    July 17, 2026
  2. Leslie1577

    July 17, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *