स्मार्ट लाइसेन्सको पुरानो बाँकी काम सकियो, अब २४ घण्टामै नयाँ छपाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३२

काठमाडौं । लामो समयदेखि रोकिएको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य पूरा भएको छ। अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको एक दिनभित्रै नयाँ लाइसेन्स छापेर उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्रले दुई चरणमा गरी कुल २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न गरेको हो। यससँगै वर्षौंदेखिको लाइसेन्स छपाइको बाँकी समस्या अन्त्य भएको मन्त्रालयले जनाएको छ।

हाल ट्रायल पास गरेका, राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरणका आधारमा दैनिक प्राप्त हुने आवेदनलाई २४ घण्टाभित्र प्रशोधन गरी छपाइ गर्ने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Sabrina2136

    July 16, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *