खुल्यो लाइसेन्सको नयाँ आवेदन, कसरी दिने ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ९

यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ ।


वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।




विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।





यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो ।




तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *