बीपी स्मृति दिवसमा कांग्रेसको संगठन अभियान टुंगिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

काठमाडौँ : नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि देशभर सञ्चालन गर्दै आएको ‘जरा अभियान’ बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा साउन ६ गते समापन गर्ने निर्णय गरेको छ। पार्टीले यस सम्बन्धमा सबै जिल्ला तथा तल्लो तहका कार्यसमितिलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रअनुसार साउन ३ गतेभित्र क्रियाशील सदस्यता वितरण र अद्यावधिकको काम सम्पन्न गरी साउन ४ गते केन्द्रीय प्रतिनिधिलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

नयाँ क्रियाशील सदस्यता वितरणको समय यसअघि असार २० गतेसम्म तोकिए पनि कार्य प्रगतिलाई ध्यानमा राख्दै पार्टीले म्याद साउन ३ गतेसम्म थप गरेको छ। वैशाख १ गतेदेखि सुरु भएको अभियान संगठन सुदृढीकरण र सदस्यता व्यवस्थापनमा केन्द्रित रहेको कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *