कांग्रेस (बीपी) कांग्रेसमा समाहित भएको गगन थापाको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित भएको सभापति गगन थापाले जानकारी गराए ।

सामाखुसीमा भएको चुनावी सभामा बोल्ने क्रममा सभापति थापाले कांग्रेस ९बीपी०सँग एकता भएको जानकारी गराएका हुन् । कांग्रेस (बीपी) को नेतृत्वमा सुशीलमान शेरचन छन् । पूर्व सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि डडेलधुराका पूर्व सभापति कर्ण मल्लले कांग्रेस छोडेर कांग्रेस (बीपी) मा आबद्ध भएका थिए ।

डडेलधुरा कांग्रेसले बीपी कांग्रेसलाई पुरानै पार्टीमा फर्कन अपील गरेको थियो । कांग्रेससँग एकता गर्नका लागि मल्ल सहमत भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *