काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि एकसय दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा बसेको बैठकले असोज १ देखि पुस १० गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो।
अभियानमा पार्टीका सबै तहका सांगठनिक गतिविधि सञ्चालन गरिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ।
सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन सयदिने अभियानले सहयोग पुग्ने अपेक्षा कांग्रेसको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया