कांग्रेसभित्र सहमतिका लागि संवाद आवश्यक : महत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद संवादमार्फत समाधान गर्न सकिने बताएका छन्।

संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एकताको कुरा भाषणमा मात्र सीमित नभई निष्कर्षमुखी वार्ता हुनुपर्ने बताए। महतले इमान्दार प्रयास भए पार्टीभित्रको विवाद समाधान गर्न अझै ढिलो नभएको उल्लेख गरे।

उनले क्रियाशील सदस्यता र समायोजनलगायतका विषयमा देखिएका असहमति छलफलबाट टुंग्याउन सकिने भन्दै कांग्रेसलाई एकताबद्ध बनाउन सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *