सुदूरपश्चिम एमाले विवाद समाधानका लागि ओलीद्वारा निर्णायक बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलभित्रको विवाद समाधान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली सक्रिय भएका छन् । दलको नेतृत्वबारे बढ्दो असन्तुष्टिबीच उनले प्रदेशका सबै एमाले सांसदलाई काठमाडौँ बोलाएर बुधबार भक्तपुरको गुण्डुमा छलफल राखेका छन् ।

बैठकमा संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति उठेका असन्तुष्टि, नेतृत्व परिवर्तनको माग तथा प्रदेश सरकारको भविष्यबारे गम्भीर छलफल हुने बताइएको छ। केही सांसदहरूले सहमतिमा नेतृत्व परिवर्तन नभए लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेता चयन गर्नुपर्ने अडान राख्ने तयारी गरेका छन् ।

हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको गठबन्धन सरकारमा एमाले सहभागी भए पनि पार्टीभित्र कांग्रेससँगको सहकार्यप्रति असन्तुष्टि बढ्दै गएको छ । एमाले र अन्य वाम दलबीच नयाँ सत्ता समीकरणबारे पनि केन्द्रमा संवाद भइरहेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *