ठमेलमा पाँच विदेशी महिला प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

काठमाडौँ — पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक स्थानमा अनुचित गतिविधिमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा युगान्डाका चार र इन्डोनेसियाकी एक महिला छन्। उनीहरूलाई सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक रूपमा रोक्दै हैरानी दिएको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीले नियन्त्रणका क्रममा उनीहरूले प्रहरीसँग पनि अभद्र व्यवहार गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *