एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २५

काठमाडौँ । नेकपा एमालेले पार्टी पुनर्गठनसम्बन्धी कार्ययोजनालाई अघि बढाउन गठन गरेको १५ सदस्यीय कार्यदलको पहिलो बैठक मंगलबार बस्ने भएको छ। कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाएका हुन्।

बैठकमा कार्यदलको कार्यदिशा, कार्यविधि तथा आगामी कामको योजना तय गर्ने विषयमा छलफल हुने बताइएको छ। सचिवालय बैठकले जेठ १० गते गठन गरेको उक्त कार्यदललाई पार्टी शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलले निर्वाचन समीक्षा र संगठन पुनर्संरचनाका विषयमा पनि सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Donovan3198

    June 8, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *