|
२०८३ जेष्ठ २०
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले देशको सार्वभौमसत्ता र अखण्डताको विषयमा कुनै दलगत भेद नहुने बताएका छन्।
प्रतिनिधिसभामा बोल्दै साम्पाङले देश पार्टी, जाति, धर्म र वर्गभन्दा माथि रहने उल्लेख गर्दै राष्ट्रियताका विषयमा सबै सांसद एकजुट हुनुपर्नेमा जोड दिए।
उनले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउनुपर्ने माग पनि गरेका छन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्