|
२०८२ माघ १०
सुर्खेत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुक निर्माणका लागि भाषण र भ्रम होइन, श्रम र इमानदार नेतृत्व आवश्यक भएको बताएका छन् ।
प्रदेशस्तरीय कार्यक्रममा बोलेका साम्पाङले भ्रष्टाचार र बेथितिविरुद्ध विगत १५ वर्षदेखि लड्दै आएको अनुभव सुनाए । उनले पार्टी, धर्म र जातको नाममा हुने द्वन्द्व अन्त्य गरी श्रम संस्कृतिलाई दैनिक व्यवहारबाट सुरु गर्नुपर्नेमा जोड दिए ।
साम्पाङले देशमा सुशासन र भ्रष्टाचार न्यूनीकरणका लागि नयाँ राजनीतिक विकल्प आवश्यक भएको उल्लेख गर्दै पार्टीलाई समर्थन गर्न आग्रह गरे ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्