हर्क साम्पाङले उपाध्यक्ष लामालाई पार्टी पदबाट निलम्बन गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाडौं, पुस २ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष विश्वक्रान्ति (राजकुमार) लामालाई पार्टी पदबाट निलम्बन गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले फेसबुकमार्फत भिडियो सन्देश जारी गरी यो जानकारी दिएका हुन्।

लामाविरुद्ध २०६८ मा नेपाल आयल निगम गेटमा टाइम बम विस्फोटको आरोप छ। प्रारम्भमा कारागारबाट छुट पाए पनि उनी पाँचथरको विस्फोटक मुद्दामा फरार थिए।

साम्पाङले भने, “उहाँ निर्दोष साबित नभएसम्म पार्टी पदबाट निलम्बन गरिएको छ। निष्पक्ष छानबिन हुनुपर्छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *