काठमाडौं । काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ र भारतीय गोलभेँडा ७० रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु ३०–३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ४२ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय बन्दा ४० रुपैयाँ, काउली ६० रुपैयाँ, गाजर ८० रुपैयाँ र भिन्डी ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। घिउ सिमी, मटरकोसा र टाटे सिमीको मूल्य भने तुलनात्मक रूपमा महँगो देखिएको छ।
फलफूलमा फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा दर्जनको २०० रुपैयाँ तथा अनार ४५० रुपैयाँ प्रतिकिलो पुगेको छ। लिची, मेवा र तरबुजाको मूल्य पनि बजारमा स्थिर रहेको समितिले जनाएको छ।
मसला तथा अन्य कृषिउपजमध्ये अदुवा १४० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ र हरियो धनियाँ १०० रुपैयाँ प्रतिकिलो कायम भएको छ। ताजा माछामा रहु प्रतिकिलो ३४० रुपैयाँसम्म बिक्री भइरहेको मूल्यसूचीमा उल्लेख छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्