राष्ट्रिय खेलाडी पुनम चन्दलाई प्रहरीको ७ दिने अल्टिमेटम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १२

काठमाडौं । नेपाली महिला भलिबल टोलीकी खेलाडी तथा नेपाल प्रहरीकी जवान पुनम चन्द लाई नेपाल प्रहरीले सात दिनभित्र कार्यालयमा उपस्थित हुन कडा निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै चैत १५ गतेदेखि पुनम बिना जानकारी गैरहाजिर रहेको जनाएको हो । काभा महिला भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेकी उनी त्यसपछि अष्ट्रेलिया गएको बताइएको छ ।

हाल नेपाल घरेलु कोर्टमा काभा प्रतियोगिता खेलिरहे पनि टोलीकी मुख्य खेलाडी पुनम भने टिमबाट गायब छिन् । प्रहरी स्रोतका अनुसार तोकिएको समयभित्र सम्पर्कमा नआए थप कारबाही प्रक्रिया अघि बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *