|
२०८२ आश्विन ४
काठमाडौं । आगामी काभा पुरुष नेसन्स लिगको तयारीस्वरूप नेपाल पुरुष भलिबल टिमले प्रशिक्षण सुरु गरेको छ। टिमले बिहीबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नियमित प्रशिक्षण सञ्चालन गरिरहेको छ।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठका अनुसार प्रशिक्षणमा १८ खेलाडी सहभागी छन्, जसमा केही अनुभवी तथा युवा खेलाडीहरूको संयोजन गरिएको छ।
काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गतेसम्म (अक्टोबर २२–२८) बंगलादेशको ढाकामा आयोजना हुँदैछ।
३ सदस्यीय छनोट समितिले १८ खेलाडीको नाम चयन गरेको हो। समितिमा नेपाल भलिबल संघका उपाध्यक्ष भरत बहादुर शाह संयोजकका रूपमा छन् भने प्रमुख प्रशिक्षक भरत यादव र राखेपअन्तर्गत भलिबलका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट सदस्यका रूपमा छन्।
टिमका प्रमुख प्रशिक्षक भरत यादव, सहायक प्रशिक्षक उत्सव खड्का, र व्यवस्थापक प्रविन श्रेष्ठ छन्।
प्रशिक्षणमा सहभागी १८ खेलाडीको नामावलीः
- धन बहादुर भट्ट क्षेत्री
- धिरोज काजी बस्नेत
- सुनिल बोहरा
- पहल गहतराज
- रोमन बस्नेत
- सुरेन्द्र के.सी.
- सरन सामरी क्षेत्री
- सुर्य विक
- शैलेन्द्र यादव
- अर्जुन नेपाली
- सफल विक
- रबिन नगरकोटी
- निरुप बस्नेत
- हरिहजुर थापा
- अभिषेक थापा
- सुजन सुनार
- विनोद चन्द
- सन्तोष राई


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्