काठमाण्डौँ । नेपाली राष्ट्रिय भलिबल महिला टोलीकी कप्तान अरुणा शाही अस्ट्रेलिया जाने भएकी छन् ।
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप नखेल्ने भएपछि उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। उनलाई मंगलबार नै टाइगर ग्रुप अफ नेपालले पोखरामा बिदाई गरेको थियो।
उनले अस्ट्रेलियामा एक प्रतियोगिता खेल्ने बताएकी छन् । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा च्याम्पियनसिप ११ पुसदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु हुँदैछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ । उक्त खेलबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ । तर, अरुणाले यो छनोट नखेल्ने भएकी हुन् ।
उनले पछिल्लो समय पोखरामा भएको प्रचण्ड महिला भलिबल लिग गण्डकी प्रदेशबाट खेलेकी थिइन् । यसपल्ट गण्डकीले छनोटमा सहभागिता नजनाउने निर्णय गरिसकेको छ । यद्यपि, उनी एभरेस्ट भलिबल क्लबबाट पनि खेल्दै आएकी थिइन् । अघिल्लोपल्ट उनकै कप्तानी क्बलले टाइगर कप जितेको थियो । एभरेस्टले भने छनोट खेल्नेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्