काठमाण्डौँ महानगरपालिकाले तीसौ महानगर दिवसको अवसरमा महिला भलिबल खेलाडी प्रतिभा मालिलाई सम्मान गरेको छ । देश तथा विदेशमा खेलकुद क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुराएको भन्दै महानगरपालिकाले उनलाई सम्मान गरेको हो । उनलाई १ लाख ५० हजार नगदसहित सम्मान गरिएको छ ।
न्यु डाइमण्ड स्पोस्ट्र्स क्लबबाट उत्पादन भएकी प्रतिभा निकै राम्रो खेल्ने खेलाडी भएको न्यु डाइमण्ड स्र्पोस्टर््स क्लवका अध्यक्ष तथा प्रमुख प्रशिक्षक कुमार राईले बताउनु भएको छ । जुनसुकै ठाउँको प्रतियोगिताबाट उनको टोली बेस्ट प्लियर भएर नै आउने गरेको उहाँको भनाई छ ।
महानगरपालिकाले आफ्नो उत्पादनको खेलाडीलाई यसरी सम्मान गर्दा धेरै खुशी लागेको अध्यक्ष राई बताउँनुहुन्छ । अध्यक्ष तथा प्रशिक्षक राईका अनुसार महिलाहरुको खेलहरु कमै हुने समयमा प्रतिभाहरुको टोलीले भलिबलको क्रेज ल्याएका थिए । प्रतिभालगायत अन्य टिमले महिला भलिबल खेलप्रति समाज परिवर्तनको राम्रो भुमिका खेलेका छन् । खेलकुद सम्बन्धी अध्ययन तथा खेलको शिलशिलामा हाल उनी अष्ट्रेलियामा छिन् । विदेशबाट खेलसम्बन्धी ज्ञान लिएर नेपालमा खेलकुदको विकाश गर्ने उनको लक्ष्य भएको प्रशिक्षक राईले बताउनु भएको छ ।
प्रतिभा मालीले ७ बर्षको उमेरदेखि नै भलिबल खेल्न थालेकी थिइन् । तेह्र बर्षको उमेरमा राष्ट्रिय टोलिमा प्रवेश गर्ने मौका पाइन् । भलिबल खेलमा अब्बल मानिने उनी १५ बर्षमा राष्ट्रिय टोलीको प्रमुख सदस्य भइन् ।
न्यू डाइमण्ड स्पोस्ट्र्स क्लबकी ओपन स्पाइकर प्रतिभा निकै चर्चित भलिबल खेलाडी हुन् । उनको नाम मात्र प्रतिभा होइन उनको खेलको प्रतिभा पनि निकै राम्रो छ । उनले राष्ट्रिय तथा अन्तराष्ट्रि खेलहरु धेरै खेलि सकेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया