काठमाण्डौँ । बंगलादेशमा हुने काभा नेसन्स कप भलिबल खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरिएको छ । नेपाल भलिबल संघले आईतबार एक कार्यक्रम गर्दै टोलीको बिदाई गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले टिमलाई बिदाई गरेका छन् ।
हरिहजुर थापाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भईसकेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा भरत यादव छन् भने सहायक प्रशिक्षमा उत्सव खड्का छन् । प्रतियोगितामा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिता यही कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुँदैछ ।
नेपालको पुरुष भलिबल टिमले दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबलमा पुनरागमन गरेको हो । नेपालले पछिल्लो पटक सन् २०२३ मा श्रीलंकामा भएको काभा च्यालेन्ज कप खेलेको थियो ।
यसपटक राष्ट्रिय टिममा सिनियर सँगै नयाँ युवा खेलाडीहरुको मिश्रण छ । अन्तिम टोलीमा ८ नयाँ खेलाडी छन् । नेपालले राम्रो नतिजा ल्याउने नेपाल भलिबल संघको विश्वास छ।
नेपाली टोलीमा हरिहजुर थापा (कप्तान), धन बहादुर भट्ट, विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री, सफल विक, अर्जुन नेपाली, रविन नगरकोटी, पहल गहतरात, सन्तोष राई, सुनिल बोहरा, सुजन सुनार, नृपध्वज बस्नेत, शैलेन्द्र यादव रहेका छन् ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्