लोकतन्त्रमा कानुनको शासन जरुरी : गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १९

काठमाडौं, बैशाख १९ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले लोकतन्त्रमा कानुनको सही प्रयोग आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार बहुमतमा भए पनि भ्रममा रहेको टिप्पणी गरे। उनका अनुसार “कानुनको शासन” र “कानुनले शासन” फरक कुरा हुन्, जसलाई बुझ्न जरुरी छ।

थापाले परिणाम मात्र होइन, प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए। उनले सुकुम्वासी समस्या समाधान गर्न सरकारलाई अधिकार भए पनि कानुनको दायराभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए। साथै नागरिकमाथि कठोर व्यवहार नगर्न उनले सरकारलाई सचेत गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *