देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई श्रम संस्कृति पार्टीले संगठित गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १४

काठमाण्डौँ । श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने भएको छ।

सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन् ।

‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ,’ साम्पाङले भनेका छन् ।

सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सार्वजनिक, नदीउकास जग्गामा घर, टहरालगायत संरचना बनाएर बसोबास गरिरहेकाहरूलाई हटाइरहेको छ।

उनीहरूले बनाएका संरचनामा डोजर लगाएको छ भने उनीहरूलाई अस्थायी बसोबास र खानाको व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *