धरानबाट नयाँ विकल्प: श्रम संस्कृति पार्टीले गठबन्धन बिना चुनाव लड्ने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

धरान — धरान उपमहानगरपालिकाका प्रमुख र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आगामी निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग मिलेर चुनाव नलड्ने बताएका छन्।बराहक्षेत्र स्थित चक्रघट्टीमा भएको आमसभामा अध्यक्ष साम्पाङले भने, “हामी हाम्रो पार्टीको शक्ति र जनविश्वासमा भर गर्दै स्वतन्त्र रूपमा चुनाव लड्नेछौँ। नेपालको राजनीतिक दलहरू प्रायः जनताको उत्तरदायी छैनन्।”

साम्पाङले आफ्नो पार्टीको लक्ष्य सामाजिक एकता कायम गर्नु र श्रमिकको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास गर्नु रहेको बताए। उनका अनुसार, पार्टीले देशभर आफ्नो सङ्गठन विस्तारलाई तीव्र गतिमा अघि बढाइरहेको छ।

“ठूला दलहरू अहिले जेनजी आन्दोलनपछि ‘पर्ख र हेर’ को अवस्थामा छन्। त्यस समयमा हामीले संगठन विस्तारमा जोड दिएका छौँ, जसले जनताको विश्वास बढाएको छ र हाम्रो पार्टीलाई राष्ट्रिय विकल्पको रूपमा स्थापित गरिरहेको छ,” अध्यक्ष साम्पाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *