काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।
मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताले आफूहरूलाई सरकारमा जाने म्यान्डेट नदिएको स्पष्ट पारे । उनका अनुसार जनताले प्रतिपक्षमा बसेर सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने जिम्मेवारी दिएकोले सोही अनुसार काम गर्ने उनको भनाइ छ ।
उनले भने, “जनताले हामीलाई सरकारमा जाने म्यान्डेट दिएका छैनन्। प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएका छन्। हामी सोही म्यान्डेट अनुसार काम गर्छौं ।” उनले श्रम संस्कृति पार्टी सत्तामा नजाने भए पनि देश र जनताको हितमा हुने काममा सधैं साथ दिनेछ । तर, गलत काम वा नीतिको भने कडा रूपमा विरोध गर्ने उनको भनाइ छ ।
यस अभिव्यक्तिले श्रम संस्कृति पार्टीले आगामी दिनमा संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने संकेत दिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्