|
२०८३ बैशाख १०
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीबाट बचतकर्ताको रकम फिर्ता गराउन तीव्र पहल थालेको छ। यसै सन्दर्भमा चार्टर्ड एकाउन्टेन्ट, महान्यायाधिवक्ता र सिआइबीसँग समन्वयात्मक छलफल गरिएको छ।
मन्त्री प्रतिभा रावलले १०० दिनभित्र बचत फिर्ता प्रक्रिया सुरु गर्ने सरकारी प्रतिबद्धता दोहोर्याउँदै ढिलाइ हुन नदिने स्पष्ट पारिन्। कानुनी जटिलता समाधान र अनुसन्धानलाई छिटो बनाउँदै रकम असुली प्रक्रिया प्रभावकारी बनाउने सहमति सरोकारवालाबीच भएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्