|
२०८२ मंसिर ७
काठमाण्डौँ । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले धर्ना दिएका छन् ।
सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।
सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको सहकारी पीडितहरूले बताएका छन् । उनीहरुले गत शुक्रबार पनि विभाग अगाडि धर्ना दिएका थिए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्