बुधबार समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई चैत ५ गते बुधबार बिहान ११:३० बजे आयोग परिसरमा प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको छ।

निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार, राजनीतिक दलका तर्फबाट निर्वाचित उम्मेदवारको विवरण आयोगले सार्वजनिक गरिसकेको छ। आयोगले निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, र दुई प्रति पासपोर्ट साइज फोटोसहितको विवरण बुझाउन आग्रह गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त विभिन्न राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ विभिन्न सिट पाएका छन्। विवरण अनुसार:

  • राष्ट्रिय स्वतन्त्र पार्टी – ५७ सिट
  • नेपाली कांग्रेस – २० सिट
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) – १६ सिट
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) – ९ सिट
  • श्रम संस्कृति पार्टी – ४ सिट
  • राष्ट्रिय प्रजातन्त्र पार्टी – ४ सिट

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने व्यवस्था छ। आयोगले प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रिया पूर्ण हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *