|
२०८२ कार्तिक ३०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको राजनीतिक दल दर्ता प्रक्रियाअनुसार दलहरूले प्रमाणपत्र लिनुपर्ने अवधि आज साँझ कार्यालय समयसँगै सकिँदैछ।
आयोगको आह्वानपछि यस अवधि भित्र धेरै नयाँ दलहरू दर्ता भएका छन्। केही दलले आफ्नो दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने प्रक्रियामा रहेका दलहरूले आजको अन्तिम दिन प्रमाणपत्र बुझ्ने तयारी गरेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म आधिकारिक मान्यता पाउने दलको संख्या १२६ पुगेको छ। समानुपातिक सूचीका लागि दर्ता भएका दलहरूको अन्तिम संख्या आजै टुंगो लाग्ने आयोगले जनाएको छ।
यससँगै, प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका लागि मंसिर १ गतेदेखि १० गतेसम्म निवेदन दिनुपर्ने अवधि तोकिएको छ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्