नेकपाले समानुपातिक बन्दसूचीमा सबै नयाँ अनुहार पठाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकमा सबै नयाँ अनुहार पठाउने भएको छ ।

नेकपाले अघिल्लो पटक प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि नदोहोर्‍याउने निर्णय भएको नेतृ रेखा शर्माले जानकारी दिइन् ।

‘प्रतिनिधिसभा, राष्ट्रियसभामा यसअघि सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ ।

समानुपातिक बन्दसूची तयार पार्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको भन्दै उनले निर्वाचन आयोगले बनाएको क्लस्टर अनुसार बन्दसूचीलाई अन्तिम रुप दिने काम भइरहेको बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *