काठमाडौं, २८ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ५० रुपैयाँ, आलु रातो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम भएको छ।
यसैगरी गाजर (लोकल) ५० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली ३० रुपैयाँ, भन्टा ५०–६० रुपैयाँ, मटरकोसा ४० रुपैयाँ र घिउ सिमी ४०–७० रुपैयाँ प्रतिकिलो तोकिएको छ। तिते करेला र भिन्डी प्रतिकिलो १२० रुपैयाँ, लौका र घिरौँला ६० रुपैयाँ तथा फर्सी २०–७० रुपैयाँ रहेको छ।
फलफूलतर्फ स्याउ २५०–३०० रुपैयाँ, केरा (दर्जन) १९० रुपैयाँ, अनार ३२० रुपैयाँ, अङ्गुर २२०–३२० रुपैयाँ र सुन्तला १६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
त्यस्तै अदुवा प्रतिकिलो १२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ११० रुपैयाँ र अकबरे खुर्सानी ९०० रुपैयाँ कायम भएको समितिले जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्