|
२०८२ फाल्गुन २२
सोलुखुम्बु । सोलुखुम्बुमा आठ वटै स्थानीय तहको मतपेटिका सकंलन गरिएको छ ।
जिल्लाको भौगोलिक रूपमा विकट मानिने हिमाली क्षेत्र खुम्बुका मतदान केन्द्रहरूबाट आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिकाहरू ल्याइएको हो भने अन्य क्षेत्रका मतपेटिकाहरू सवारीसाधनमार्फत ढुवानी गरी सुरक्षित रूपमा सल्लेरी ल्याइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कूल ८५ हजार ५१५ मतदाता रहेको सोलुखुम्बुमा यसपटक ४१ हजार ४८१ मत खसेको छ, जुन कुल मतदाता संख्याको ४८ प्रतिशत हो ।
जिल्लाभरका १३९ वटै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेकाले अब मतगणनाको प्रक्रिया अगाडि बढाउन आज अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरिएको छ । उक्त बैठकको निर्णय र सहमतिपश्चात मतगणना कार्य विधिवत् रूपमा सुरु गरिने तयारी भइरहेको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्