माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३

काठमाडौँ, असार ३ — माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणतर्फ १४ लाख २७ हजार ६०० कित्ता शेयर निष्कासन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन दिने समय छिटोमा असार ८ गतेसम्म र आवश्यक परे असार १७ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ। लगानीकर्ताले सी–आस्बा तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *