सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा मतदान कार्य सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार सोलुखुम्बुमा यस पटक अपेक्षाकृत कम मतदान भएको देखिएको छ।
जिल्लाको कुल मतदाता संख्या ८५ हजार ५ सय १५ रहेकोमा जम्मा ४१ हजार ४ सय १ मत मात्र खसेको छ । यो कुल मतदाता संख्याको करिब ४८ प्रतिशत मात्र हुन आउँछ। मतदान प्रक्रियामा महिला र पुरुषको सहभागितालाई हेर्दा पुरुषको तुलनामा महिला मतदाताहरूको उपस्थिति केही कम देखिएको छ ।
खसेको कुल मतमध्ये महिलाको संख्या १९ हजार ८ सय ११ रहेको छ भने पुरुष मतदाताको संख्या २१ हजार ५ सय ९० रहेको छ। अन्य विधाका मतदाताको संख्या भने शून्य रहेको निर्वाचन विवरणमा उल्लेख छ ।
निर्वाचन क्षेत्र नम्बर १ मात्र रहेको यस जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । सबै क्षेत्रबाट मतपेटिका प्राप्त भएपछि मात्रै गणनाको प्रक्रिया अगाडि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्