|
२०८२ फाल्गुन २१
सोलुखुम्बु । सोलुखुम्बुमा मतदानको प्रक्रिया सम्पन्न भएलगत्तै अहिले विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको छ ।
विशेष गरी दुर्गम क्षेत्रका मतदान केन्द्रहरूबाट मतपेटिका ल्याउन केही समय लाग्ने देखिए पनि नजिकका केन्द्रहरूबाट भने गणना स्थलसम्म मतपेटिकाहरू आज नै ल्याइने भएको छ । कतिपय उच्च हिमाली र सडक सञ्जालले नछोएका स्थानहरूबाट हेलिकप्टरमार्फत मतपेटिकाहरू ढुवानी गरिने छ ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले संकलन कार्यमा सबै राजनीतिक दलका प्रतिनिधिहरूले पनि सहयोग र निगरानी गरिरहेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्