मधेशमा संगठन सुदृढीकरणबारे रास्वपाको छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३

काठमाडौँ, असार ३ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग पार्टीको संगठन विस्तार र प्रदेश अधिवेशनका विषयमा छलफल गरेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा प्रदेशभित्रका गतिविधि प्रभावकारी बनाउने तथा संगठनलाई थप सक्रिय बनाउने उपायबारे विचार आदानप्रदान भएको जनाइएको छ।

रास्वपाले मधेश प्रदेशमा अझै जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेको अवस्थामा नेतृत्वले सांसदहरूबाट सुझाव संकलन गर्दै संगठनात्मक तयारीलाई तीव्रता दिने संकेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *