नेपालमा पनि २६ जनामा कालो ढुसीको संक्रमण पुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १६

१६ असार, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितहरुमा प्रकोपका रूपमा देखिएको म्यूकोर्माइकोसिस नेपालमा पनि देखिएको छ। देशभर अहिलेसम्म करिब २६ जना बिरामीमा सो पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये महाराजगन्जस्थित शिक्षण अस्पतालमा मात्रै जेठ ३ गतेयता १३ जना भर्ना भएको उक्त अस्पतालका डा.रवीन्द्रभक्त प्रधानाङ्गले बताए।

गएको शनिबरमात्रै थप दुई जना बिरामी भर्ना भएका र उनीहरूको अवस्था गम्भीर रहेको प्रधानाङ्गले बताए।

उनका अनुसार धेरैजसो बिरामी समय घर्किसकेपछि अस्पताल आउँदा जटिलता धेरै आउने र आँखा नै नदेख्ने हुने पाइएको छ।

‘म्यूकोर्माइकोसिस भएका एकजना बिरामीले ज्यान नै गुमाउनुभयो भने दुईजनाको आँखा निकाल्नुपर्‍यो। पछिल्लो पटक भर्ना हुन आएका दुईजना बिरामीको पनि अवस्था गम्भीर छ’ डाक्टर प्रधानाङ्गले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *