पछिल्लो २४ घण्टामा ६७१४ जनामा संक्रमण पुष्टि, १४५ जनाले गुमाए ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १२

१२ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६७१४ रहेको छ भने १४५ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९३५२ जनाको परीक्षण गरिएकोमा ६७१४ जनामा संक्रमण देखिएको हो। त्यसमध्ये १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । साथै आज मात्र संक्रमण मुक्त हुनेको संख्या ६७१६ रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *